सहकारी दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम

हेटौंडा, १९ चैत्र/ ६७ औं राष्ट्रिय सहकारी दिवस २०८० को अवसरमा बागेश्वरी महिला बचत तथा ऋण सहकारी संस्था हेटौडा ११ को आयोजनामा ऋण सदुपयोगिता र भाखा नागेका ऋण असुली सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सोमबार संस्थाको सभाहलमा भएको अन्तरक्रिया कार्यक्रममा ऋणी सदस्यहरुको सहभागिता रहेको थियो ।
संस्थाकी अध्यक्ष आशा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत शर्मिला श्रेष्ठ र ऋण अधिकृत कान्छी श्रेष्ठले सहभागीहरुलाई ऋणको सदुपयोगिता र भाखा नागेका ऋण असुली बारे सहजीकरण गरेका थिए ।
सहकारी संस्थाका ३८ जना सदस्यहरुको सहभागिता रहेको कार्यक्रममा ऋण उपसमिति संयोजक अञ्जु गुरागाई लगायत संस्थाको संचालक समितिका पदाधिकारी, लेखा समितिका पदाधिकारी र बिभिन्न उपसमितिका पदाधिकारीहरुको उपस्थिति रहेको संस्थाकी अध्यक्ष आशा अधिकारीले बताए ।
“सहकारीमा सुशासन : प्रविधि र एकीकरण” भन्ने नाराका साथ यसबर्ष पनि चैत्र २० गते देशभर विविध कार्यक्रम गरी सहकारी दिवस मनाईने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस