गठबन्धनले प्रस्तुत गरेको ७ बुँदे सम्झौता देश र जनताको हितमा नरहेको: लिङ्देन

rajendra-lingden-raprapa-tato-tato-khabar-taja-khabar-khoj-khabar

तातोखबर, काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सत्तारूढ गठबन्धनले प्रस्तुत गरेको ७ बुँदे सम्झौता देश र जनताको हितमा नरहेको बताए। आफ्नो पार्टी सत्तारूढ गठबन्धनमा सहभागी नहुने पनि प्रस्ट पारे।

स्वार्थहरूको गठजोडबाट बनेको सत्तारूढ गठबन्धन सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि आफ्नो पार्टीले विश्वासको मत दिन नसक्ने उनले बताए । बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको विश्वास मतसम्बन्धी प्रश्तावमाथिको छलफलमा भाग लिँदै अध्यक्ष लिङ्देनले सत्ता केन्द्रित नयाँ सत्तासमीकरण भएकाले यसले आफूलाई देश र जनताको पक्षमा नभई आफ्नो सुरक्षा कवजको रूपमा प्रयोग गर्ने बताए।

Advertisement:rajendra-lingden-raprapa-tato-tato-khabar-taja-khabar-khoj-khabar

अध्यक्ष लिङदेनले भने, ‘जतिसुकै सिद्धान्त र दर्शनको लेप लगाए पनि अहिले भएको सत्ता हेरफेर भनेको स्वार्थको गठजोड हो। स्वार्थ मिले टाँसिने, नमिले छुट्टिने। त्यो सत्ता निर्माण हुँदाखेरी बनेको ७ बुँदै, ८ बुँदे सहमति हेर्दा पनि त्यही देखिन्छ। देशलाई, जनताको वर्तमान परिस्थितिलाई केन्द्रमा राखेर यो सरकार बनेको होइन। सत्ताको भागबण्डा, अनि कसले केके बाट सुरक्षित हुनुपर्ने हो ? यो सत्तालाई आफ्नो सुरक्षा कवजको रुपमा प्रयोग गर्ने उद्देश्यद्वारा यो गठबन्धन निर्माण भएको हो। यसमा केही धेरै भनिराख्नु पर्दैन। त्यो परिमार्जित ७ बुँदा होस वा ८ बुँदा होस्। त्यसले छर्लङग पार्छ। त्यसकारण राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रारम्भमा पनि भनि सकेको छ– यो सत्ता केन्द्रित चलखेलमा राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी हुँदैन।’

अध्यक्ष लिङदेनले सत्ता केन्द्रित चलखेल आफ्नो पार्टीले नगर्ने पनि बताए।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application