राष्ट्रियसभा अध्यक्षमा नारायणप्रसाद दाहाल निर्वाचित

narayan-Dahal-rastriya-sabha-adhakshya

तातोखबर, काठमाडौं / राष्ट्रियसभा अध्यक्षमा नेकपा माओवादी केन्द्रका नारायणप्रसाद दाहाल निर्वाचित भएका छन्। सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका उनी मंगलबार राष्ट्रियसभा बैठकमा भएको मतविभाजन प्रक्रियाबाट अध्यक्ष पदमा निर्वाचित भएका हुन्।

दाहाललाई राष्ट्रियसभा अध्यक्ष पदमा निर्वाचित गरियोस् भनेर प्रस्तुत प्रस्तावको पक्षमा ३९ मत र विपक्षमा १७ मत खसेको थियो । मत विभाजन प्रक्रियामा ५६ सदस्य उपस्थित थिए ।

Advertisement:narayan-Dahal-rastriya-sabha-adhakshya

राष्ट्रियसभाको नव निर्वाचित दाहाल माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाइ हुन्। दुई वर्षअघि राष्ट्रपतिबाट मनोनीत भएका उनको कार्यकाल चार वर्ष बाँकी रहेकाले उनले आगामी चार वर्ष राष्ट्रियसभाको नेतृत्व गर्नेछन्।

माओवादी स्थायी समिति सदस्यसमेत रहेका दाहाल राष्ट्रियसभा अध्यक्षमा निर्वाचित भएसँगै माओवादीबाटै अहिले उपाध्यक्ष रहेकी उर्मिला अर्यालले राजीनामा दिँदै छिन्। नयाँ सत्ता गठबन्धनमा भएको सहमति अनुसार राष्ट्रियसभाको उपाध्यक्ष एमालेले पाउने भएको छ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application