देशकै ठुलो प्लाई उद्योगमा आगो लाग्यो

तातोखबर, विराटनगर / झापाको मेचीनगर १५ ज्यामिरगढीमा रहेको देशकै ठुलो भनेर दाबी गरिने प्लाई उद्योगमा लागेको आगो लागेको छ । आगो निकै ठुलो भएकाले अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ । झापाको मेचीनगर–१५ ज्यामिरगढी स्थित भगवती लेमिनेट्स प्लाइउड कारखानामा आज बिहान ५ बजेदेखि आगलागी सुरु भएको हो ।
आगलागी नियन्त्रणका लागि ८ वटा दमकल प्रयोग गरिएको प्रहरीले जानकारी दिएको छ । आगोअझै नियन्त्रणमा लिन नसकिएको झापा प्रहरी प्रमुख एसपी मिलन केसीले बताए । उनका अनुसार उद्योगको कच्चा पदार्थमा धेरै क्षति पुगेको छ । तयारी गरिएको समान भने जोगिएको उनले जानकारी दिए ।
‘आगो अझै नियन्त्रणमा आउन सकेको छैन । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयले आगो निभाउने प्रयास भइरहेको छ,’ उनले भने ।
आगलागीको कारण अनुसन्धान भइरहेको र आगलागीबाट भएको क्षति बारे अहिले नै यकिन नभएको उनले बताए । उद्योगमा नेपाली र भारतीयसहित हजारभन्दा बढी श्रमिकले काम गरिरहेका छन् भने करोडौँ रुपैयाँ लगानी भएको उद्योगीले बताए छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस