जनक शिक्षाले नयाँ पाठ्यपुस्तक चैत १५ बाट विक्री सुरु गर्ने: समयमै पुस्तक पुग्ने लक्ष्य

तातोखबर, काठमाडौँ / आगामी नयाँ शैक्षिक सत्रका लागि नयाँ पाठ्यपुस्तक छपाइको काम अन्तिम चरणमा पुगेको छ। सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले कक्षा ५ बाहेक सबै कक्षाको छपाइ सकिएको जनाएको हो।
जनक शिक्षाका अनुसार २०८१ को शैक्षिक सत्रका लागि १ करोड ७४ लाख थान नयाँ पुस्तक छाप्नुपर्ने छ। नयाँ शैक्षिक सत्रका लागि कक्षा ५ देखि १२ सम्मको पाठ्यपुस्तक छपाइको जिम्मेवारी जनक शिक्षाले पाएको छ भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १ देखि ४ सम्म निजी क्षेत्रका छापाखानालाई छपाइ तथा वितरणको जिम्मेवारी दिएको छ।
केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाका अनुसार पुस्तक छपाइका लागि आवश्यक कागज, मसीलगायत कच्चा पदार्थ पर्याप्त मात्रामा खरिद गरेर राखिसकिएको जानकारी दिएको छ। त्यसैले पुस्तक छपाइको काममा समस्या नआउने र अहिले दुई सिफ्टमा सातै दिन, २४ सै घण्टा चलिरहेको जनाएको छ।
जनक शिक्षाले अहिले दैनिक एक लाख पुस्तक छाप्दै आएको जनाएको छ। ‘छपाइमा कुनै समस्या नभएको अबको एक हप्ताभित्र बाँकी पुस्तक छपाइको काम सकिने जनक शिक्षाले जनाएको छ।
चैत १५ बाट विक्रीसुरु
जनक शिक्षाले सामग्री केन्द्र लिमिटेडले चैत १५ गतेपछि मात्रै छापिएका नयाँ पुस्तकको विक्री वितरण खोल्ने तयारी गरेको छ।
जनक शिक्षाका अनुसार अहिले छापिएका पुस्तक जनक शिक्षाका केन्द्रीय कार्यालय बजार व्यवस्था विभाग, प्रदेश १ कार्यालय विराटनगर, मधेश प्रदेश कार्यालय जनकपुर, बागमती प्रदेश कार्यालय भरतपुर, गण्डकी प्रदेश कार्यालय पोखरामा पठाइएको छ। यसैगरी कर्णाली प्रदेश कार्यालय सुर्खेत, सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी र प्रादेशिक प्रेस नेपालगञ्जमा पुस्तक पठाइएको र यी स्थानबाट वितरण गरिनेछ।
जनक शिक्षाले यो वर्ष पनि समयमा पुस्तक पुग्ने लक्ष्य लिएको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले २०८१ को नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक खरिद गर्न मंसिर महिनामै ३ अर्ब ५७ करोड ९८ लाख ९० हजार विनियोजन गरी सबै स्थानीय तहलाई हस्तान्तरण गरिसकेको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस