सुनको मूल्यले नयाँ रेकर्ड बनाउने क्रम जारि

तातोखबर, काठमाडौं / नेपाली बजारमा सुनको भाउमा दिनानुदिन रेकर्ड कायम भैरहेको छ। गत मंगलबारदेखि नयाँ रेकर्ड बनाउँदै आएको सुनको भाउले आइतबार पुनः रेकर्ड कायम गरेको हो।
आज सुनको भाउ प्रतितोला एक हजार रुपैयाँ बढेको छ। आज छापावाला सुन प्रतितोला १ लाख २६ हजार रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाला सुनको भाउ प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन १ लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार तेजावी सुन १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ।
अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार १७८ दशमलव ०८ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २४ दशमलव ३१ डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस