लगानी सम्मेलन अघि कानुन संशोधन गरिनुपर्छ : उद्योगमन्त्री

damoder-bhandari

तातोखबर, काठमाडौँ / उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सम्मेलनका लागि सरकारले कानूनमा रहेका समस्याहरुलाई फास्ट ट्रयाकबाट सम्बोधन गर्नुपर्ने जरुरी रहेको बताएका छन्।

काठमाडौँमा शनिवार आयोजित नेपाल तयारी पोशाक उद्योग संघको २९औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले अहिलेका कानूनहरुमा रहेका त्रुटीहरु, कानूनमा रहेका समस्याहरुलाई फास्ट ट्रयाकबाट चाँडोभन्दा चाँडो सम्बोधन गर्नु नै लगानी सम्मेलनका लागि फाइदाजनक रहेको जिकिर गरे।

Advertisement:damoder-bhandari

उनले लगानीमैत्री वातावरणको पहिलो आधार भनेको विद्यमान कानूनहरुमा सुधार र संशोधन गर्नुपर्ने रहेको बताए। उनले निजी क्षेत्र उत्साहीत नभएसम्म र निजी क्षेत्रलाई प्रोत्साहित गर्न नसकेसम्म लगानीमैत्री वातावरण बन्न नसक्नेमा जोड दिए । उनले लगानीमैत्री वातावरण सिर्जना गर्न सरकार तयार रहेको बताए।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application