जनताको अवस्था राम्रो बनाउने जिम्मेवारी आफूहरुको काँधमा: केपी शर्मा ओली

तातोखबर, काठमाडौं / पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अवस्थामा परिवर्तन भएन भन्नेकुरा सही नभएको जिकिर गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीले अवस्था परिवर्तन नभएको भन्दै व्यवस्थाको विकल्प खोजिरहेका बेला उनले सो कुरामा कुनै सत्यता नरहेको प्रतिक्रिया दिएका छन् ।
शनिबार मोतीदेवी स्मृति केन्द्रले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अहिले ४० प्रतिशतको हाराहारीमा महिला जनप्रतिनिधिहरु रहेको उल्लेख गर्दै विगतमा त्यस्तो थियो? भनी प्रश्न गरे ।
उनले ३३ प्रतिशत महिलाहरु संसद र सरकारी निकायमा प्रतिनिधित्व संविधानमै सुनिश्चित भएको दृष्टान्त पेश गर्दै अहिले विगतमा भन्दा तुलना नै गर्न नसक्ने गरी जनताको अवस्था फेरिएको तर्क गरे ।
ओलीले जनताको अवस्थालाई पूर्ण रुपमा राम्रो बनाउने गरी काम गर्नुपर्ने जिम्मेवारी आफूहरुको काँधमा रहेको बताए ।
उनले भने, ‘अवस्था परिवर्तन भएको छ। अवस्था फेरिएको छ। अवस्था पहिलेभन्दा तुलना नै गर्न नसक्ने गरी राम्रो भएको छ। यसलाई अझ पूर्ण रुपमा राम्रो अवस्थामा पुर्याउने हाम्रो अगाडि जिम्मेवारी छ।’
ओलीले महिलाहरुलाई सशक्तिकरणको बाटोबाट पुरुष सरह अधिकार दिलाउने कुरामा आफ्नो पार्टी लागिपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस