जुवातास खेलिरहेको अवस्थामा काठमाडौँबाट ६ जना पक्राउ

card-play-tas-arrested

तातोखबर, काठमाडौँ / जुवातास खेलिरहेको अवस्थामा काठमाडौँबाट ६ जनालाई प्रहरीले पक्राउ गरेको छन् । गोकर्णेश्वर नगरपालिका-२ सुन्दरीजल नयाँपाटी बस्ने गणेश बहादुर खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५९ वर्षीय राधाकृष्ण श्रेष्ठ सहित ६ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३१ हजार ६ सय ७५ रुपैयाँ नगद र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Advertisement:card-play-tas-arrested

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application