साउन्ड टेक्निसियनसँग विवाद: एलिना चौहानले माफी माग्नुपर्ने

alina-chauhan-conflict-with-sound-technician

तातोखबर, पोखरा / गायिका एलिना चौहानको एक साउन्ड टेक्निसियनसँग वादविवाद भएको घटनाले विवादमा साउन्ड सिस्टम कम्पनीले एलिनाले माफी माग्नुपर्ने माग राखेको  छ । ५ वटा साउन्ड सिस्टम कम्पनीले एलिनाले माफी माग्नुपर्ने भन्दै उनका कार्यक्रममा साउन्ड सिस्टम उपलब्ध नगराउने चेतावनी दिएका छन्।

गत फागुन २० गते कुस्मामा आयोजित एक महोत्सवमा साउन्ड सिस्टममा समस्या भएपछि एलिनाले टेक्निसियनसँग गुनासो गरेकी थिइन् । तर टेक्निसियनले उल्टै एलिनालाई ‘पहिले तपाईँको आवाज सफा गर्नुस्’ भन्दै अपमानित तुल्याएका थिए । एलिनाले पनि जवाफ फर्काएपछि भनाभन भएको थियो । एलिनाले आफ्नो प्रस्तुति नसकीकन कार्यक्रम छोडेर बाहिरिएकी थिइन् ।

Advertisement:alina-chauhan-conflict-with-sound-technician

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application