नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी

तातोखबर, काठमाडौं / सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी रहेको छ ।

राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी र विकसित राजनीतिक घटनाक्रमबारेछलफल गर्न पूर्वपदाधिकारीसहितको बैठक बसेको हो ।

Advertisement:

माओवादीसँगको गठबन्धन हुँदा कांग्रेसले कृष्णप्रसाद सिटौलालाई अध्यक्षको उम्मेदवार बनाउने तयारी थालेको थियो । सत्ताबाट बाहिरिएसँग उम्मेदवारी दिने वा नदिने भन्ने विषयमा पार्टीमा अन्योल रहेकाले यो बैठकले उक्त बिषयलाई टुंगोमा पुर्याउने छ।

प्रतिक्रिया दिनुहोस् :