NTC App - Ad

महाशिवरात्रि: भगवान शिवले गाजाको प्रयोग किन गर्नुभयो

तातोखबर, काठमाडौँ /  हिन्दूधर्मावलम्बीहरुले  आज महाशिवरात्रि पर्व मनाउँदैछन् । “शिवरात्रि” को शाब्दिक अर्थ “शिवको रात” हो ।

धर्मशास्त्रहरुका अनुसार शिवरात्रि शिव भगवानको उपासना र आराधनाको लागि महत्त्वपूर्ण पर्व हो । शिव भगवानलाई खुसी पार्न र आफ्ना मनोकामना पूरा गर्न यो पर्व मनाउनुपर्ने जनबिश्वास रहेको छ ।

Advertisement:

महाशिवरात्रिमा आज पशुपति लगायत शिवमन्दिरहरुमा गाँजा, भाङ धतुरो लगायतका नशाको सेवन खुलमखुल्ला रुपमा हुने गरेको छ । यसलाई सबैले सामान्य रुपमा लिने गर्छन् ।

भगवान शिवले नसाको प्रयोग किन गरे ? त्यसको तत्व नबुझी नशाको प्रयोगलाई खुल्लमखुल्ला हेरेर बस्नु उपयुक्त होला त ?

यसका लागि भगवानले किन नशाको सेवन गर्नुभयो भन्ने कुरा जान्न जरुरी छ । त्यसका लागि धर्मशास्त्रहरुमा के भनिएको छ त्यसको अध्ययन गर्न जरुरी छ । यहाँ हामी गाजा, भाङ, धतुरो लगायतको प्रयोग भगवान शिव जीले किन गर्नुभयो भन्ने कुराको केहि धार्मिक मान्यता प्रस्तुत गर्न गइरहेका छौं ।

भगवान शिव ध्यान मुद्रामा बस्नुहुन्छ । हिमालयमा ध्यान मुद्रामा बसेका शिवको ध्यानलाई भंगहुन नदिन र एकाग्र बनाउनका लागि नशा सेवन गरेको मान्यता रहेको छ ।

वेदमा बताए अनुसार समुन्द्र मन्थनका क्रममा अमृतको एक थोपा मद्र पर्वतमा खस्यो । त्यसबाट एकटा रुख उम्रियो । यो रुखको एक रस देवताहरले निकै मनपराए । पछि यसलाई सबैले सेवन गर्न सकुन् भनेर भगवान शिवले यसलाई हिमालयमा लिएर आए ।

पुराणका अनुसार समुद्र मन्थनको समयमा अमृतसँगै विष निस्किएको थियो । अमृत त देवताहरुले पिए तर बाँकी रहेको विष कसले पिउने समस्या पर्‍यो । उक्त विष एक थोपा मात्र पनि जमिनमा वा पृथ्विमा खसेको खण्डमा प्रलय हुने थियो । त्यसपछि देवताहरुले भगवान शिवको घोर आराधना गरे ।

विष शिवजी पिउन तयार भए, र विष पिए पनि । विष पिउनै लाग्दा छेउमा रहेकी पार्वतीले विष पेटमा नपुगोस् भन्नका लागि भगवान शिवको घाँटी समातिन् र विष भगवान शिवको कण्ठ(घाँटी) मा अड्कियो । त्यसैले भगवान शिवलाई निलकण्ठ पनि भन्न थालियो ।

विष सेवन गरेपछि भगवान शिवलाई निकै समस्या पर्यो । विषको गर्मीलाई सहन गर्न भगवान शिव कैलाश पर्वत गए । तर पनि उनको पीडा कम भएन त्यसपछि उनको पीडा भुलाउनका लागि देवताहरुले नशाको खोजी गरे र भाङ, धतुरो, गाजाको सेवन गरेपछि भगवान शिवलाई केही राहत भयो ।

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :

Mahajatra