अहिलेसम्म पाँच लाख बढी भक्तजनले गरे पशुपतिनाथको दर्शन

तातोखबर, काठमाडौँ / महाशिवरात्रिका अवसरमा आज पाँच लाख बढी भक्तजनले पशुपतिनाथको दर्शन गरेका छन्।
बिहान २ बजेदेखि नै पाशुपत क्षेत्रमा दर्शनार्थीको घुइँचो लागेको छ। अहिलेसम्म पशुपतिनाथमा कम्तिमा पनि पाँच लाखभन्दा जति भक्तजनले दर्शन गरेका पशुपति क्षेत्र विकास कोषले अनुमान गरेको छ।
बिहानभन्दा अहिले दर्शनार्थीको भीड बाक्लिँदै गएको छ। भीड बढेसँगै सुरक्षाकर्मीलाई मेला व्यवस्थापन गर्न चुनौतीपूर्ण बनेको छ। भक्तजनको सहजताका लागि पशुपतिनाथका चारैढोका बिहान २ बजेदेखि खोलिएता पनि भीड घटेको छैन।
दर्शन गर्ने पालो छिटो पाउने आशमा भक्तजनहरु रातिदेखि नै लामबद्ध भएर बसेका थिए। कोषले आज कम्तीमा २० लाख भक्तजनले आराध्यदेव पशुपतिनाथको दर्शन गर्ने अनुमान गरेको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस