श्रमिक आन्दोलनबाट सुरु भएको नारी दिवस

nari-diwas-woman-day-march-8-tatokhabar-tato-khabar-hot-news.jpg

तातोखबर, काठमाडौँ /  अन्तर्राष्ट्रिय नारी दिवस श्रमिक आन्दोलनबाट सुरु भएको थियो । जसलाई पछि संयुक्त राष्ट्र सङ्घले मान्यता दियो।

सन् १९०८ मा न्यू-योर्क सिटीमा १५ हजार महिलाहरूले कामको घण्टा छोट्याउन, राम्रो तलब दिन र आफूले मतदान गर्न पाउनुपर्ने माग गर्दै प्रदर्शन गरे देखि त्यसको बीजारोपण भएको थियो।

Advertisement:nari-diwas-woman-day-march-8-tatokhabar-tato-khabar-hot-news.jpg

त्यसको एक वर्षपछि द सोसलिस्ट पार्टी अफ अमेरिकाले पहिलो पटक राष्ट्रिय नारी दिवस घोषणा गरेको थियो ।

सो दिनलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने विचार चाहिँ क्लारा जेटकिन नामकी कम्युनिस्ट अभियानकर्मी तथा महिला अधिकारवादी महिलाले अगाडि सारेकी थिइन्।

उनले उक्त विचार कोपेनहागनमा कन्फरेन्स अफ वर्किङ विमिन नामको सन् १९१० मा भएको सम्मेलनमा उनले सुझाव पेश गरेकी थिईन । त्यो सम्मेलनमा १७ देशका १०० जना महिलाहरुले सहभागीता जनाएका थिए। र उनीहरूले त्यस सुझावलाई सर्वसम्मत रूपमा सहमति जनाएका थिए।

पहिलो पटक अमेरिका बाहिर सन् १९११ मा अस्ट्रिया, डेनमार्क, जर्मनी र स्वीट्जरल्यान्डमा नारी दिवस मनाइएको थियो। त्यसको सयौँ वर्ष सन् २०१० मा मनाइएको थियो।

नेपालमा नारी दिवस

यसपाली नेपालमा पनि “महिलामा लगानीः समुन्नत समाजको थालनी” भन्ने रास्ट्रिय नाराको साथ अन्तर्राष्ट्रिय नारी दिवस मनाउन आग्रह गरिएको छ।

संसारका विभिन्न देशले ५० औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइसकेपछि मात्र नेपालमा वि.सं.२०१६ साल अर्थात् सन् १९५९ प्रधानमन्त्री बिपी कोइरालाको पालादेखि नियमितरूपमा यो दिवस मनाउन सुरु गरिएको हो ।

यसरी नारी दिवस मनाउन थालेपछि विभिन्न क्षेत्रमा नारीको सहभागिता बढ्न थाल्यो । त्यसको फलस्वरुप बिद्यादेबि भण्डारी नेपालको रास्ट्रपति जस्तो गरिमामय पदमा बसेर काम गर्न पाईन् ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application