बालकुमारी घटनाबारे सदनमा उठेका कुराको सम्बोधन भयो : प्रचण्ड

prachanda-samsad-bhawan

तातोखबर, काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार पुनर्गठनसँगै बालकुमारी घटनाबारे उठेको प्रश्नको सम्बोधन आंशिक रूपमा भएको जिकिर गरेका छन्। बुधबारको प्रतिनिधिसभा बैठकमा धारणा राख्दै उनले यस्तो बताएका हुन्।

गत १३ पुसमा कोरियाली भाषाको परीक्षा दिन फारम भर्न पाउनुपर्ने माग गर्दै भएको आन्दोलनमा दुई युवकको ज्यान गएको थियो। उक्त घटनामा निवर्तमान भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला मुख्य जिम्मेवार  थिए। त्यसपछि उनको राजीनामा मागिएको  थियो ।

Advertisement:prachanda-samsad-bhawan

उनको मन्त्रीपद गएसँगै यो घटनाबारे उठेको प्रश्नको सम्बोधन केही हदसम्म भएको प्रधानमन्त्री प्रचण्डले बताए। ‘सरकारको पुनर्गठनसँगै बालकुमारी घटनाबारे सदनमा उठेका कुरा सम्बोधन भयो भन्ने लाग्छ’, उनले भने।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application