NTC App - Ad

राजनीतिक प्रतिबद्धताअनुसार राष्ट्रनिर्माणमा लाग्ने विकल्प रोजेको:प्रचण्ड

prachanda-samsad-bhawan

तातोखबर, काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जोखिम लिएर आफ्नो राजनीतिक प्रतिबद्धताअनुसार राष्ट्रनिर्माणमा लाग्ने विकल्प रोजेको बताए ।

बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले पदको रक्षामा लागिरहनेभन्दा जोमिख मोलेर आफू प्रतिबद्धताअनुसार काम गर्ने अर्को दोस्रो विकल्प रोजेको बताएका छन्।

Advertisement:prachanda-samsad-bhawan

‘मेरो पद असुरक्षित थिएन। तर पदको रक्षामा लागिरहने भन्दा जोखिम लिएर आफ्नो प्रतिवद्धताअनुसार राष्ट्र निर्माणमा लाग्ने दोस्रो विकल्प रोजेको हुँ’, उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले व्यक्तिका रुपमा कांग्रेस नेतृत्व र नेताहरूले माया गरे पनि परिवर्तन, सुशासनका सन्दर्भमा अफ्ठ्यारोमा पारेको आरोप लगाए ।

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :