आन्दोलनका लागि परिस्थिति अनुकूल बन्दै: राजेन्द्र लिङ्देन

rajendra-lingden

तातोखबर, काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले अब आन्दोलनका लागि परिस्थिति अनुकूल बन्दै गैरहेको बताएका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालयमा आगामी आन्दोलनका बारेमा प्रशिक्षण दिने क्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राप्रपाले आन्दोलन सुरु गरेदेखि अहिलेसम्म आइपुग्दा परिस्थिति झनभन्दा झन आफूहरूको लागि अनुकूल बन्दै आएको जिकिर गरे ।

Advertisement:rajendra-lingden

उनले अहिले आन्दोलनका लागि ठिक वातावरण बनेको र हिलेको व्यवस्था नै असफल भइसकेको दाबी गर्दै यो व्यवस्था रहेसम्म सुशासन, विकास र समृद्धिको कल्पना गर्न नसकिने पनि बताए ।

प्रतिक्रिया दिनुहोस् :