जसपा र जनमत दुवैको सर्त मधेशको मुख्यमन्त्री

तातोखबर, काठमाडौं / जनता समाजवादी पार्टी जसपा नेपालले वर्तमान गठबन्धन सरकारमा सहभागी हुने मन्त्रीको विषयमा विचार–विमर्श गरेको छ।
पार्टीको आज बसेको पार्टीको कार्यकारिणी समिति बैठकले सरकारमा सहभागी हुने मन्त्री तथा सरकारमा सहभागी हुँदा पार्टीको मुद्दा र अडानबारे पार्टीका नेताहरुबीच छलफल भएको थियो। उक्त बैठकमा मधेस प्रदेश सरकारको सुनिश्चिततालगायतका विषयमा नेताहरुले आफ्नो धारणा राखेका थिए ।
“आजको बैठकमा सबै नेताहरुले मधेस प्रदेश सरकारको निरन्तरताको प्रत्याभूति खोज्नुभयो भने सोहीअनुरुप आफ्नो धारणा पनि राख्नुभयो। परिस्थिति अत्यन्तै तरल छ, यसको टुङ्गो लागेपछि मात्रै पार्टी निर्णयमा पुग्छ”, उनले भने। प्रवक्ता मनिष सुमनका अनुसार सत्ता साझेदार दलको बैठकको निर्णयपछि पार्टीले पुनः बैठक बसेर आधिकारिक निर्णय गर्नेछ।
त्यस्तै, जनमत पार्टीले पनि मधेश प्रदेश सरकारको विषयमा टुङ्गो लागेपछि थप निर्णय गर्ने भएको सो पार्टीका प्रवक्ता डा शरद्सिंह यादवले जानकारी दिए। उनले भने, “मधेश प्रदेशको मुख्यमन्त्री हाम्रो ‘बटममलाइन’ हो। पुरानो सम्झौताअनुसार नै अघि बढ्नुपर्छ भन्ने धेरैको धारणा छ।”
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
२.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
३.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
४.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस
-
५.
झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु