मन्त्रालय भागवण्डाको टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बस्दै

new-gathabandan

तातोखबर, काठमाडौं / मन्त्रालय भागवण्डाको टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बस्दैछ। बैठकको समय टुंगो भने लागिनसकेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र श्रेष्ठले पनि बैठक बस्ने तय भए पनि समयको टुंगो नभएको बताए। एकीकृत समाजवादीको सचिवालय बैठकको निर्णयपछि मात्रै बैठक बस्ने तयारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए ।

Advertisement:new-gathabandan

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई आफ्नै निवासमा पुगेर भेटी गठबन्धनमा सहभागी हुन आग्रह गरेका थिए। ​नेपालले पनि सकारात्मक प्रतिक्रया दिएको बताईएको छ ।

यसैबीच आआफ्नो पार्टीबाट मन्त्री बन्नेको नाम टुंगो लगाउने प्रयासमा सत्ता गठबन्धनका दल आन्तरिक छलफलमा जुटेका छन्  । बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी स्वरुप दलहरू आन्तरिक छलफलमा जुटेका हुन्।

यसअघि एमाले, माओवादी र रास्वपाका एक-एक जना मन्त्री बनिसकेका छन्, तर उनीहरूलाई कुनै पनि मन्त्रालयको जिम्वेवारी दिईएको छैन ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application