बालुवाटारमा नेताहरूको दौडधुप, मन्त्रालय भागबन्डालाई प्याकेजमै टुंग्याउने प्रयास

baluwatar-pm-niwas

तातोखबर, काठमाडौँ / नयाँ सत्ता गठबन्धन निर्माणसँगै प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनमा रहेका नेताहरू र अन्य दलका नेताहरूको दौडधुप चलिरहेको छ।

गठबन्धन तोडेर नयाँ सहमति गरेको भोलिपल्ट आज बिहानैदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनका चार दलका शीर्ष नेतासहित पुरानै गठबन्धनमा रहेका नेकपा एकीकृत समाजवादी, जनमत, लोसपा, नागरिक उन्मुक्तिलगायतका दलहरुसँग छलफल भइरहेको छ।

Advertisement:baluwatar-pm-niwas

नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपासँग सत्ता साझेदारीको सहमति भए पनि साना दलसमेत थपिने भएपछि मन्त्रालय भागबन्डालाई प्याकेजमै टुंग्याउने गरी छलफल भइरहेको प्रधानमत्रीको सचिवालयले जानकारी दिएको छ।

नव गठबन्धनको न्यूनतम साझा कार्यक्रम, सरकारको नीति तथा कार्यक्रम, बजेटलगायत शक्ति बाँडफाँडलाई पनि एकमुष्ट टुंग्याउने गरी प्रधानमन्त्री प्रचण्ड आफैँ निरन्तररुपमा औपचारिक अनौपचारिक छलफलमा रहेका छन् ।

हिजो मात्रै तीन पार्टीबाट एक/एक जना विना विभागीय मन्त्री बनाउन सफल प्रधानमन्त्री प्रचण्डले गत पुस १० गतेको समीकरणमा रहेका राप्रपाबाहेकका सबै दललाई सरकारमा सहभागी गराउने गरी छलफल अघि बढाएका हुन्।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले औपचारिक प्रस्ताव आए नयाँ गठबन्धन सरकारमा आफ्नो पार्टी सहभागी हुने सङ्केत गरिसकेका छन्।

पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न भोलि बिहान ११ बजे एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application