नेप्से ७० अंकले ओरालो लाग्यो

काठमाडौं / आज सेयर बजार परिसूचक नेप्से ७० अंकले ओरालो लागेको छ । सोमबार सर्किट ब्रेक लागेर बन्द भएको सेयरबजार एक दिन पनि टिक्न सकेन ।
अघिल्लो दिन सोमबार ११७ अंकले बढेर सर्किट ब्रेक लागेको नेप्से परिसूचक मंगलबार ७०.३१ अंकले घटेर २००७.६९ बिन्दुमा रोकिएको छ । यसदिन बजारमा १ करोड १४ लाख ६७ हजार ५९९ कित्ता सेयरको खरिदबिक्री हुँदा ४ अर्ब ११ करोड ३६ लाख ७६ हजार रूपैयाँको कारोबार भएको छ ।
यस दिन १२ वटा उपसूचक राताम्य भएका छन् भने एकमात्र म्युचुअल फण्ड उपसूचक ०.६६ प्रतिशतले बढेको छ । आज अन्य उपसूचक ४.३५, हाइड्रोपावर ४.३० र उत्पादन तथा प्रशोधन उपसूचक ४.२० प्रतिशतले घटेको छ ।
मंगलबारको कारोबारमा बोटल्स नेपाल बालाजु लिमिटेड नेगेटिभ सर्किटसँगै सर्वाधिक घाटामा रहेको छ । कारोबारका आधारमा सोनपुर मिनरल्स एण्ड आयल लिमिटेड ४१ करोड ९१ लाख रूपैयाँको कारोबारका साथ शीर्ष स्थानको सूचीमा देखिन सफल भयो ।
सोमबार सेयरबजारमा कारोबार खुलेको तीन मिनेटमै पहिलो सर्किट ब्रेक लागेर २० मिनेटका लागि बन्द भएको थियो । पहिलो सर्किट ब्रेकपछि खुलेको एक मिनेटमै दोस्रो सर्किट ब्रेक लागेर ४० मिनेटका लागि कारोबार बन्द भयो । भने, दोस्रो सर्किट ब्रेकपछि खुलेको बजार एक मिनेट नहुँदै पुन: सर्किट ब्रेक लगेपछि सोमबारको दिनभरको कारोबार नै बन्द भएको थियो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस