राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

तातोखबर, काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठक मंगलबार बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका छन्।
बैठक मुलुकमा विकसित राजनीतिक घटनाक्रम र पार्टीले गरेको आन्दोलनको तयारी, बृहत् मोर्चा निर्माणलगायत विषयमा बैठक केन्द्रित हुने उनले बताए । संगठनको सुदृढीकरण योजना र प्रशिक्षण कार्यक्रमबारे पनि छलफल हुनेछ।
बैठकमा अध्यक्ष कमल थापाले विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा राख्ने छन्। बैठकले जिल्ला भ्रमण र प्रशिक्षण कार्यक्रमको कार्यतालिका पनि तय गर्ने बर्तौलाले जनाए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस