नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

तातोखबर, काठमाडौं / नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक मंगलबार बस्ने तयभएको छ। सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा अपराह्न ३ बजेका लागि बैठक बोलाइएको छ।
देउवाले सोमबार बिहानका लागि बोलाएको पदाधिकारी बैठक राजनीतिक ‘उथलपुथल’का कारण बस्न सकिरहेको थिएन। प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ गठबन्धन बनाएपछि कांग्रेस सहितको गठबन्धन टुटेको थियो।
संक्षिप्त प्रतिक्रिया दिँदै सभापति देउवाले प्रधानमन्त्री दाहालबाट धोका भएको बताएका थिए। सत्ताबाट बाहिरिएसँगै उनले कार्यसम्पादन समितिको बैठक बोलाएका हुन्।
बैठकमा सत्ताबाट बाहिरिएपछिको विशेष परिस्थितिबारे छलफल हुनेछ। कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठकमा समसामयिक विषयमा छलफल हुने जनाए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस