सेफिल्डको मैदानमा आर्सनलको आधा दर्जन गोल

तातोखबर, काठमाडौं / इंग्लिस प्रिमियर लिग फुटमा आर्सनलले सेफिल्ड युनाइटेडलाई ६–० ले पराजित गर्दै कीर्तिमान जित निकालेको छ।
यससँगै आर्सनलले लिभरपुल र म्यानचेस्टर सिटीसँगै उपाधि होडमा कायम राखेको छ। सेफिल्डको घरेलु मैदानमा आर्सनलले पहिलो हाफमै पाँच गोलको अग्रता लिएको थियो। त्यसमा मार्टिन ओडेनगार्ड, ग्यार्ब्रिएल मार्टिनेल, केइ हार्भिटेज र डेक्लने राइले गोल गरे। एक गोल जेडेन बोगलको नाममा आत्मघती रह्यो।
दोस्रो हाफमा बेन ह्वाइटले थप एक गोल गरे। यससँगै आर्सनल माथिल्लो डिभिजनको इतिहासमै घर बाहिर लगातार तीन खेलमा पाँच अथवा त्यो भन्दा बढी गोल गर्ने टिम बन्यो।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस