पशुपतिनाथ मन्दिर आसपास मासु र मदिरा बेचबिखनमा रोक

तातोखबर, काठमाडौं / आउंदै गरेको महाशिवरात्रि पर्वलाई लक्ष्य गरी पशुपतिनाथ मन्दिर आसपास मासु र मदिरा बेचबिखनमा रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै बुधबारदेखि फागुन २७ गतेसम्म गौशाला-मित्रपार्क सडकदेखि पूर्व, पशुपतिनाथ क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला-तिलगंगा चक्रपथदेखि उत्तर र मित्रपार्क-उमाकुण्ड-गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिण भित्रका सबै भागमा मासु र मदिरा बिक्रीमा रोक लगाएको हो ।
पर्वलाई अनुशासित, मर्यादित र व्यवस्थित बनाइ भव्यरूपमा सम्पन्न गर्न र पाशुपत क्षेत्रभिको सुरक्षालगयात धार्मिक, साँस्कृतिक मर्यादा र पवित्रता कायम राख्न यस्तो रोक लगाइएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिएका छन् ।
तोकिएका चारकिल्ला भित्र कसैले पनि मासु, मदिरा तथा नशालु पदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्नसमेत नपाउने गरी पूर्णरुपमा रोक लगाइएको बस्नेतले बताए। सूचनाको बर्खिलाप हुनेगरी कुनै काम गरेमा प्रचलित कानुनबमोजिम कारबाही गर्ने चेतावनी कार्यालयले दिएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस