शालिन मृत्यु प्रकरण: प्रिन्सिपल सहित ३ जनालाई हिरासतमा राख्न अनुमति

Shalin-pokharel-rape-case

तातोखबर, चितवन /  जिल्ला अदालत चितवनले शालिन पोखरेल मृत्यु प्रकरणमा पक्राउ गरिएका एकता शिशु निकेतनका प्रिन्सिपल सहित ३ जनालाई अदालतले थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन विद्यालयमा कक्षा–८ मा अध्ययनरत शालिन पोखरेल सोहि विद्यालयको होस्टेलमा फागुन १२ मा मृत फेला परेकी थिईन ।

Advertisement:Shalin-pokharel-rape-case

एकता शिशु निकेतनमा उनको हत्या भएको किटानी जाहेरीको आधारमा प्रहरीले स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टलको वार्डेनलाई पक्राउ गरि अनुसन्धान थालेको थियो । पक्राउ परेका रत्ननगर नगरपालिका–१० बस्ने ६० वर्षीय बालहरी देवकोटा, ४० वर्षीय किरण बहादुर अधिकारी र ४८ वर्षका कमल शर्मा पौडेललाई अदालतले पहिलोपटक ७ दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

प्रतिक्रिया दिनुहोस् :