गृहमन्त्री नपाएपछि रवि ब्याक, अर्याल मन्त्री बन्ने

काठमाडौँ / नयाँ सत्ता समीकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री नपाउने भएपछि सभापति रवि लामिछाने ब्याक भएका छन् ।

उनले गृहमन्त्री नपाएपछि रास्वपाका उपसभापति डीपी अर्याल मन्त्री बन्ने भएका छन् । उनले आजै मन्त्री पदको शपथ लिने रास्वपाले जनाएको छ ।

Advertisement:

सभापति रवि लामिछाने नै सरकारमा सहभागी हुन चाहे पनि गृहमन्त्री बनाउन नयाँ सत्ता समीकरणमा रहेका दलहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नचाहेपछि रवि ब्याक भएका हुन् ।

त्यसैले उपसभापति अर्याललाई सरकारमा पठाउन लागिएको रास्वपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application