संघीय संसद्का दुवै सदनको बैठक आज

samsad-bhawan

फागुन २१, काठमाडौं / संघीय संसद्का दुवै सदनको बैठक सोमबार बस्दै छ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ भने राष्ट्रिय सभाको बैठक १ बजेर १७ मिनटमा बस्ने  तय भएको छ।

प्रतिनिधिसभाको बैठकमा महिला तथा सामाजिक मामिला समिति सभापति किरणकुमार साहले महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन २०७९\८० पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ।

Advertisement:samsad-bhawan

गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। यस्तै आर्थिक वर्ष २०८१\८२ का लागि विनियोजन सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल आरम्भ गर्ने सम्भावित कार्यसूची पनि रहेको छ।

प्रतिक्रिया दिनुहोस् :