१० दिनअघि साथीको हत्या गरी फरार व्‍यक्ति पक्राउ

hatya-bhaktapur-murder-friend-tato-khabar-tatokhabar-tajakhabar-taja-khabar-news-nepali-news

तातोखबर, काठमाडौं / भक्तपुरमा फागुन ११ गते मृत फेला परेका गोपाल ढकालको हत्यामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौंमा आइतबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी हत्यामा संलग्न भक्तपुरका २९ वर्षका सन्तोष सुवाललाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

फागुन १० गते जिल्ला तेह्रथुमका छथर गाउँपालिका वडा नम्बर २ घर भई हाल जिल्ला भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर ८ बस्ने वर्ष ३३ को गोपाल ढकालकी श्रीमती रेणु ढकालले आफ्नो श्रीमान हराएको र श्रीमान चाहिए सूर्यविनायक जंगलमा दुई लाख लिई आउनु भनी आफूलाई फोन आएको भनी पीडित प्रहरी वृत्त जगातीमा उपस्थित भई सूचना दिएपछि प्रहरीले अनुसन्धान गर्ने क्रममा ११ गते भक्तपुर सूर्यविनायक नगरपालिका पडा नम्बर ८ स्थित रोदन बस्नेतको गोठमा निज गोपालप्रसाद ढकाल मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

Advertisement:hatya-bhaktapur-murder-friend-tato-khabar-tatokhabar-tajakhabar-taja-khabar-news-nepali-news

परिसरका प्रहरी निरीक्षक निर्मल थापाले घटनामा संलग्न जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका ६ का वर्ष २९ को सन्तोष सुवाल रहेको बताएका छन् । खोजतलास गर्दा निजलाई शनिबार काभ्रपलाञ्चोक मण्डनदेउपुर ६ मा पक्राउ गरिएको थियो।

पत्रकार सम्मेलनका क्रममा इन्सपेक्टर थापाले भने, ‘मिति २०८० साल फागुन १० गते जिल्ला तेह्रथुमका छथर गाउँपालिका वडा नम्बर २ घर भइ हाल जिल्ला भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर ८ बस्ने वर्ष ३३ को गोपाल ढकालकी श्रीमती रेणु ढकालले आफ्नो श्रीमान हराएको र श्रीमान चाहिए सूर्यविनायक जंगलमा दुई लाख लिइ आउनु भनि आफूलाई फोन आएको भनि पीडित प्रहरी वृत्त जगातीमा उपस्थित भइ सूचना दिनुभएको थियो।’

उनले भने, ‘त्यसको खोज तलासका क्रममा फागुन ११ गते भक्तपुर सूर्यविनायक नगरपालिका पडा नम्बर ८ स्थित रोदन बस्नेतको गोठमा निज गोपालप्रसाद ढकाल मृत अवस्थामा फेला पर्नुभएको थियो। उक्त घटनाको अनुसन्धान गर्दै जाँदा उक्त घटनामा संलग्न जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका ६ का प्रेमबहादुर सुवालको छोरा वर्ष २९ को सन्तोष सुवाल रहेको भन्ने कुरा सुन्न आयो। खोजतलासका क्रममा शनिबार निजलाई काभ्रेपलाञ्चोक मण्डनदेउपुर ६ मा पक्राउ गरिएको छ।’

प्रहरीले उनको साथबाट मृतकको मोबाइल र ज्याकेट बरामद गरेको थियो।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application