हेटौंडामा दुई वटा मोटरसाइकल आपसमा ठोक्कियो

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.११ थानाभर्‍याङमा दुई मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा दूई जना घाइते भएका छन् ।

हेटौंडाबाट नवलपुरतर्फ जादै गरेको ना३प ३४९३ नम्बरको मोटरसाइकल साईड लगाउने क्रममा सोही दिशातर्फ जाँदै गरेको बा ५२ प ४२९६ नम्बरको मोटरसाइकल शनिबार एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

Advertisement:

दुर्घटनामा बा ५२ प ४२९६ नम्बरको मोटरसाइकलमा सवार हेटौंडा उपमहानगरपालिका वडा नं.३ बसामाडी बस्ने बर्ष २९ को प्रतिक थापा र मनहरी गाउँपालिका वडा नं.१ बस्ने बर्ष ३१ को प्रकाश रुम्बा घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार घाइते मध्ये थापाको अवस्था गम्भीर रहेको छ । टाउकोमा गम्भीर चोट लागेको उनको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि पुरानो मेडिकल कलेज चितवनमा पठाईएको प्रहरीले जनाएको छ । अर्का घाइते रुम्बाको चुरेहिल अस्पतालमा उपचार भइरहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application