मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु, दुईजना गम्भीर घाइते

काठमाडौं / इलाममा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते भएका छन् ।
झापाबाट आउँदै गरेको ना ४८ प ८६३८ नम्बरको मोटरसाइकल माई नगरपालिका-२ स्थित गरुवा खोलाको पुलमा शनिबार साँझ अनियन्त्रित भई दुर्घटना भएको हो।
तीन जना सवार मोटरसाइकल दुर्घटनामा परी मोटरसाइकलको बीचमा सवार माई नगरपालिका-१० गजेनी भञ्ज्याङका २६ वर्षीय दिनेश कार्कीको घटनास्थलमा नै मृत्यु भएको स्थानीय लोदिया प्रहरी चौकी दानाबारीका हवल्दार सरोजकुमार यादवले बताए।
मोटरसाइकल चालक माई नगरपालिका-१० गजेनी भञ्ज्याङकै ३२ वर्षीय विनोद लिम्बू र पछाडि सवार सोही ठाउँका १६ वर्षीय रोशन लिम्बू गम्भीर घाइते भएका छन्। उनीहरू दुवैको विर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको यादवले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस