हेटौंडामा दुई वटा मोटरसाइकल आपसमा ठोक्कियो

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.११ थानाभर्याङमा दुई मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा दूई जना घाइते भएका छन् ।
हेटौंडाबाट नवलपुरतर्फ जादै गरेको ना३प ३४९३ नम्बरको मोटरसाइकल साईड लगाउने क्रममा सोही दिशातर्फ जाँदै गरेको बा ५२ प ४२९६ नम्बरको मोटरसाइकल शनिबार एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा बा ५२ प ४२९६ नम्बरको मोटरसाइकलमा सवार हेटौंडा उपमहानगरपालिका वडा नं.३ बसामाडी बस्ने बर्ष २९ को प्रतिक थापा र मनहरी गाउँपालिका वडा नं.१ बस्ने बर्ष ३१ को प्रकाश रुम्बा घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रहरीका अनुसार घाइते मध्ये थापाको अवस्था गम्भीर रहेको छ । टाउकोमा गम्भीर चोट लागेको उनको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि पुरानो मेडिकल कलेज चितवनमा पठाईएको प्रहरीले जनाएको छ । अर्का घाइते रुम्बाको चुरेहिल अस्पतालमा उपचार भइरहेको बताईएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस