वडाध्यक्षको पनि सम्पत्ति शुद्धिकरण गर्नुपर्ने तर्क: कानुन मन्त्री

तातोखबर, तानसेन / कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले वडा तहमा भ्रष्टाचार मौलाएकाले वडाध्यक्षको पनि सम्पत्ति शुद्धिकरण गर्नुपर्ने तर्क गरेका छन्।
तानसेन नगरपालिकाले आयोजना गरेको ‘प्रथम तानसेन महोत्सव’को शनिवार तानसेनमा उद्घाटन गर्दै उनले भने, ‘वडा तहमा पनि भ्रष्टाचार मौलाउँदै गएको छ। वडाध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ति शुद्धीकरण गरिनुपर्छ।’
उनले आफू पनि भ्रष्टाचार गरेको ठहरिए कानुन बमोजिम कारबाही भोग्न तयार रहेको समेत बताए।
जनताप्रति नेताको कुनै चासो नरहेको भन्दै मन्त्री गुरुङले मुलुक र जनताको पक्षमा काम गर्दा राजीनति गर्न नहुने बताए।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस