बालजागृति बालमैत्री विद्यालय घोषणा हुँदै

हेटौंडा – हेटौंडा-२ स्थित बालजागृति इङ्गलिस सेकेन्डरी स्कुलले बालमैत्री विद्यालय घोषणाका लागि सूचक पुरा गरेको छ । बालमैत्रीका लागि आवश्यक सूचकहरु पुरा गर्दै आएको यस विद्यालयले बालमैत्री घोषणाका लागि थप काम समेत गरेर बालमैत्री बिद्यालयका २६ वटा सूचक पुरा गर्दै बालमैत्री घोषणाको तयारी गरेको विद्यालयले शुक्रबार पत्रकार सम्मेलन गरि जानकारी गराएको थियो ।
बालमैत्री बिद्यालय घोषणाका लागि सबै सूचकहरु पुरा गरिएको र भव्य समारोहका बीच फागुन २२ गते बालमैत्री विद्यालय घोषणा गरिने बिद्यालयका प्रधानध्यापक बिनोद सुवेदीले बताए ।
२२ गते मंगलबार विहान बाल विशेषज्ञको साथमा स्वास्थ्य परिक्षण, ९ बजेपछि विभिन्न झाँकी, पञ्चेबाजा सहित प्रभातफेरी गरिने र ११ बजेपछि औपचारिक कार्यक्रम आयोजना गरी विद्यालयलाई बालमैत्री विद्यालय घोषणा गरिने कार्यतालिका रहेको सुवेदीले बताए । विद्यालयमा एक हजार पाँच सय ३४ विद्यार्थी अध्ययनर रहेका र नर्सरी देखी कक्षा १० सम्म अध्यापन गरिने प्रधानाध्यापक सुवेदीले बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश प्रसाद भण्डारीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा २नम्बर वडाका कार्यवहाक अध्यक्ष सुरज बर्तौलाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा सदस्यद्धय मैया परियार र इन्द्रप्रसाद रिजाल, वडाका बाल सहजकर्ता राहुल शर्मा, बालजागृति बाल समूहका अध्यक्ष कृशाङ्गी अर्यालको आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस