शालीनको यौनाङ्ग र गालामा चोट कसरी ?

तातोखबर, चितवन / चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन विद्यालयमा कक्षा–८ मा अध्ययनरत शालीन पोखरेलले आत्महत्या गरिएको भनिएको घटना शंकास्पद देखिएको छ ।
१२ फागुन शनिबारको दिन बिहान सोही स्कुलको होस्टेलमा झुन्डिएको अवस्थामा भेटिएकी उनको शवको प्रकृतिको विषयलाई लिएर आफन्तले प्रश्न उठाएका हुन् ।
घटनाको सत्यतथ्य छानबिन गर्न शालीनका बुबा दीपेन्द्र पोखरेलले माग गरेका छन् । दीपेन्द्रले शुक्रबार काठमाडौंमा मिडियाकर्मीहरुसँग भने, ‘‘गालामा २ वटा घाउ छ । यौनाङ्गमा चोट लागेको देखिएको छ । झुन्डिएर आत्महत्या गरेको भनिएको घटनामा यो कसरी भयो ?’’
शालीनको शव त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा रहेको छ । पोष्टमार्टमको रिपोर्ट समेत परिवारले पाएको छैन । झुन्डिएको अवस्था लास भेटिएको, त्यहाँको वातावरण र वस्तुस्थिति हेर्दा आफ्नी छोरीले झुन्डिएर आत्महत्या गरेको भन्ने कुरा अस्वाभाविक र अपत्यारिलो देखिएको उनले बताए ।
आत्महत्या भनिएको घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् । ‘‘म त्यहाँ पुग्नुभन्दा पहिले नै घटना भएको छात्रावासको ढोका फोडिएको थियो, घटना भएको ठाउँमा सरसफाइ गरिसकेको थियो । शालीनले लगाएको कपडा, जुत्ता पानीमा डुबाइएको अवस्थामा फेला परेको थियो । प्रमाण किन नष्ट गरियो ?’’ दीपेन्द्रले प्रश्न गरे ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस