लगातारको आन्दोलन , मिडियाको छैन साथ: लघुवित्त पिडित

laghubitta-pidit-andolan-tatokhabar

तातोखबर, काठमाडौँ /  लघुवित्त तथा वित्तीय संस्थाको शोषणविरुद्धको संघर्ष समितिले काठमाडौँमा दैनिक प्रदर्शन गरिरहेको छ । सरकारले समिति बनाए पनि केहि नभएपछि लघुवित्त पिडितहरु काठमाडौँ आउन बाध्य भएका छन् ।

“हामी लगातार आन्दोलनमा छौं । हाम्रो माग सम्बोधन नभएसम्म हामी सडकमै हुन्छौं ” उनीहरु भनिरहेका छन्। लघुवित्त पिडितको घाउमा सरकारले त मलम लगाउन नसकेको बेलामा उनीहरुको आवाजलाई जनता समक्ष पुर्याउन मिडियाले पनि खासै सहयोग गरेको छैन ।

Advertisement:laghubitta-pidit-andolan-tatokhabar

मिडियाकर्मीहरुको खासै रिपोर्टहरु पनि आएका छैनन् । रास्ट्रिय मिडियाबाट पनि खासै लेखिएको छैन । जसलेगर्दा उनीहरुको आन्दोलन फितलो बन्न सक्ने अनुमान गर्न सकिन्छ ।

सरकारले केही पनि काम नगरेकोले पुनः सरकारलाई खबरदारी गर्न आएको आन्दोलनरत महिलाले  बताइन् ।

उनीहरुले लघुवित्तको ऋण मिनाह गर्नुपर्ने, लघुवित्त संस्था खारेज गर्नुपर्ने, किसानलाई निःशुल्क ऋण दिनुपर्ने लगायतका माग राखि  लगातार आन्दोलनमा छन्।

पीडितहरुले हाम्रो माग पूरा गर,राष्ट्र बैंकका गभर्नर राजीनामा दे, लघुवित्त ऋण मिनाहा गर, दिदी बहिनी ठग्न पाइँदैन,धितो लिलाम फुकुवा गर, वित्तीय संस्था खारेज गर,वित्तीय आतंक बन्द गर जस्ता नारा लगाएका थिए। आन्दोलनका सहभागी मध्ये पुरुषको तुलनामा महिलाको उपस्थिति अलि बढीनै थियो

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application