लुयान इलेक्ट्रिक स्कुटरद्वारा उपत्यकाभित्र ७ ठाउँमा सर्भिस सेन्टर सञ्चालन

काठमाडौं, १७ फागुन / लुयान ब्राण्डको इलेक्ट्रिक स्कुटरको सर्भिस सेन्टर काठमाण्डौं, भक्तपुर र ललितपुरमा ७ ठाउँमा सँचालनमा ल्याइएको छ । जिरो इमिशन राईड एनले ती स्थानहरुमा लुयानको सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो ।

झण्डै अढाई दशकभन्दा अघि चीनले प्रतिपादन गरी उत्पादन शुरु गरेको लुयान ब्राण्डका इलेक्ट्रिक स्कुटरहरु नेपालमा बिक्री वितरण शुरु गरेको ५ नवित्दै सयौं इलेक्ट्रिक स्कुटरहरु बिक्री भईसकेको जीरो इमिसनका निर्देशक दुर्वास नगरकोटीले बताएका छन् । उनले दिएको जानकारीअनुसार लुयान इलेक्ट्रिक स्कुटरका आवश्यक स्पेयर पार्ट्स सँगसँगै सर्भिस सेन्टरको पनि राम्रो व्यवस्था गरिएको छ ।

Advertisement:

काठमाण्डौं उपत्यका बाहेकका अन्य प्रमुख शहरहरुमा पनि लुयानको सर्भिस सेन्टर सहितका शोरुमहरु सञ्चालनमा रहेको जानकारी दिदै निर्देशक नगरकोटीले भनेका छन् ‘सवारी साधनमा बिक्रिपछिको सेवा महत्वपूर्ण हुने हुनाले यस्तो व्यवस्था मिलाइएको हो । काठमाण्डौं उपत्यकाका ७ वटै सर्भिस सेन्टर मध्ये ग्राहकहरुले आफुलाई पायक पर्ने सर्भिस सेन्टरबाट स्कुटरको सर्भिस तथा मर्मतको सेवा लिन सक्नुहुनेछ ।’

निर्देशक नगरकोटीका अनुसार ती सात वटै सर्भिस सेन्टरमा चार्जिङ्ग सुविधा पनि रहेकाले आवश्यक परेको खण्डमा ग्राहकहरुले आफ्ना स्कुटरहरु चार्ज समेत गर्न सक्नेछन् । हाल नेपालमा खुलेका विभिन्न इलेक्ट्रिक स्कुटरको ब्राण्डहरुमध्ये लुयान धेरैले रुचाइएको ब्राण्ड बन्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application