२० वर्ष पुरानो सबै सवारीसाधन उपत्यकाबाट हटाउनुपर्ने: राजेन्द्र मल्ल



तातोखबर, काठमाडौँ / नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले २० वर्ष पुरानो सवारीसाधन उपत्यकाबाट हटाउनुपर्ने बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले अटो मोबाइललाई पनि राम्रो हुने र वातावरणमा पनि असर नहुने भएकाले २० वर्ष पुरानो सवारीसाधन सबै उपत्यकाबाट हटाउनुपर्ने बताए । उनले १६ औं पञ्चवर्षीय योजनाले गरेको घोषणा आर्थिक नीतिले समेट्नुपर्ने र आर्थिक नीतिले घोषणा गरेको कुरा मौद्रिक नीतिले समेट्ने गरी काम गर्न सरकारलाई सुझाव दिए।

उनले भने, ‘अहिले विशेष गरी अटो मोबाइललाई पनि हुने र हाम्रो वातावरण पनि असर नहुने यो २० वर्ष पुरानो गाडी सबै यो भ्यालीबाट हटाउनुपर्छ। कुनैकुनै त हामी जन्मिएको सालदेखिका पनि छन्। यसलाई अलि डेकोरेशन गरेर राख्न सक्नुपर्छ। हाम्रो मुलुकमा जुन तरलताको कुरा छ, अर्को वर्ष १६ औं पञ्चवर्षीय आउँदै छ। त्यो पञ्चवर्षीय योजनादेखि हामीले एउटा पञ्चवर्षीय योजनाले गरेको घोषणा आर्थिक नीतिले समेट्नुपर्ने, आर्थिक नीतिले घोषणा गरेको कुरा मौद्रिक नीतिले समेट्ने कुरा होस्।’ अध्यक्ष मल्लले सरकारी सेवा आम जनताप्रधान बनाउन पनि आग्रह गरे।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

काठमाडौं, १३ फागुन/ निर्वाचन आयोगले संघीय संसद र प्रदेश सभाको रिक्त रहेका एक एक पदका लागि उपनिर्वाचनको मिति तोकेको छ

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपालले नेदरल्यान्ड्सविरुद्ध छैटौँ विकेट गुमाएको छ। भीम सार्की ८ बल खेल्दै शून्यमा आउट

तातोखबर, काठमाडौं / संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज बसिरहेको छ। बिहान ११ बजे सुरु भएको आजको बैठकमा एउटामात्रै व्यवस्थापकीय कार्यको