आज सेयर बजार ओरालो तर्फ

nepse-falling-down-tatokhabar-beemapost-aarthatantra-sharemarket-money-tatokhabar-onlinekhabar

तातोखबर, काठमाडौँ / आज सेयर बजार ओरालो लागेको छ । बिहिबारको बजार परिसूचक (नेप्से) २८.६८ अकंले घटेर १८७२.०९ बिन्दुमा बन्द भएको छ ।

आज ३०९ कम्पनीको ७४ लाख ४६ हजार ९९१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५९ करोड ८७ लाख रुपैयाँको कारोबार भएको छ ।

Advertisement:nepse-falling-down-tatokhabar-beemapost-aarthatantra-sharemarket-money-tatokhabar-onlinekhabar

आज बोटलर्स नेपाल (बालाजु)को सेयरमा सकारात्मक सर्किट लागेकोछ । कम्पनीको सेयर प्रतिकित्ता १ हजार ९६४ रुपैयाँले बढेको हो ।

त्यस्तै, मनकामना स्मार्टको ९.८६ प्रतिशत, मानुषि लघुवित्तको ३.९८ प्रतिशत र समाज लघुवित्तको ३.९० प्रतिशतले सेयर मूल्य बढेको हो ।

प्रतिक्रिया दिनुहोस् :