राष्ट्रियसभाको अध्यक्ष पद पार्टीले छोड्न नहुने: माओवादी केन्द्र

तातोखबर, काठमाडौँ / सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का नेताहरूले राष्ट्रियसभाको अध्यक्ष पद पार्टीले छोड्न नहुने धारणा राखेका छन्।
मंगलवार पार्टी मुख्यालय पेरिसडाँडामा बसेका पार्टी स्थायी कमिटी बैठकमा अधिकांश नेताले राष्ट्रियसभा निर्वाचनमा बारे आ–आफ्नो मत राख्दै अध्यक्ष पद भने पार्टीले छाड्न नहुने मत राखेका हुन्। राष्ट्रियसभा अध्यक्ष नेपाली काँग्रेस नेता कृष्णप्रसाद सिटौला हुने चर्चा चलिरहेको छ।
माओवादी स्थायी कमिटीका नेताहरूले भने सो पद पार्टीले छोड्न नहुने मत राखेको पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। त्यसैगरी बैठकमा पार्टी नेताहरूको कार्य विभाजन, भावी योजना लगायतका विषयमा पनि छलफल गरिएको छ। प्रवक्ता सापकोटाका अनुसार बैठकमा काँग्रेस महासमिति बैठक प्रस्तुत गठबन्धनसम्बन्धी धारणाका बारेमा पनि नेताहरूले प्रतिक्रिया दिएका थिए।
प्रवक्ता सापकोटाले भने, ‘हामीले प्रस्तुत सबै एजेण्डाका बारेमा बृहत् छलफल गर्यौँ, निष्कर्षमा पुगिसकेका छैनौँ । पार्टी अभियान सञ्चालन र आगामी योजनाका बारेमा आज वर्तमान राष्ट्रिय परिस्थितिबारे पनि अलि बढी छलफल भयो। यसमा राष्ट्रियसभाको अध्यक्षको निर्वाचनबारे छलफल भयो। अधिकांशले राष्ट्रियसभाको अध्यक्ष छोड्नु हुन्न भन्ने मत राखेका छन् ।’
माओवादी केन्द्रको स्थायी कमिटी बैठक भोलि (बुधवार) पनि बोलाइएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस