एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका दुई कम्पनीको शेयर बिक्रीमा, न्यूनतम मूल्य कति?

तातोखबर, काठमाडौं / एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रस्ट र सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयरमा आज (फागुन ६ गते) देखि गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री खुला गरेको छ ।
बैंकले सिटिजन इन्भेष्टमेन्ट ट्रस्टको संस्थापक समूहको ५० हजार कित्ता शेयर न्यूनतम मूल्य प्रतिकित्ता ७४० रुपैयाँमा बिक्रि खुला गरेको छ । यसमा लगानीकर्ताले न्यूनतम १० हजार कित्ता र अधिकतममा १०० ले भाग जाने गरी सम्पूर्ण कित्ता शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।
त्यसैगरी, सूर्योदय वोमी लघुवित्तको संस्थापक समूहको ७५ हजार तीन सय पाँच कित्ता शेयर न्यूनतम मूल्य प्रतिकित्ता २४५ रुपैयाँमा बिक्री खुला गरेको छ । यसमा लगानीकर्ताले न्यूनतम पाँच हजार र अधिकतममा सम्पूर्ण कित्ता शेयरका लागि आवेदन दिन पाउनेछन् ।
खरिदकर्ताले एनआईसी एशिया क्यापिटल, बैंकको कर्पाेरेट कार्यालय र विराटनगर, आदर्शनगर, महेन्द्रपुल, श्रवणपथ, हस्पिटल लाइन र विरेन्द्रनगर शाखा कार्यालयमा फागुन १४ गतेसम्म बोलपत्र पेश गर्नुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस