मगर एकता दिवसको अवसरमा पाल्पाका सबै स्थानीय तहमा सार्वजनिक बिदा

तातोखबर, पाल्पा / ४२औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा पाल्पाका सबै स्थानीय तहमा सार्वजनिक बिदा दिएका छन्।

मंगलबार अर्थात् आज सार्वजनिक बिदा दिएका हुन्। यहाँ आठ गाउँपालिका र दुई नगरपालिका छन्। सबै स्थानीय तहले सूचना निकालेर बिदाको घोषणा गरेका हुन्।

Advertisement:

पाल्पामा मगर समुदायको बाहुल्य रहेको छ। सबै स्थानीय तहमा मगर समुदायका संघ संस्थाले विविध कार्यक्रम आयोजना गरेर यो दिवस मनाउँदै छन्।

मगर दिवसलाई भव्य र सफल बनाउन स्थानीय सरकारले सहयोग गर्ने बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदीले बताइन्।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application