विवादित रहेका मन्त्रीहरूको राजीनामा नलिई नछाड्ने एमालेको अडान

तातोखबर, काठमाडौं / प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित, रास्वपा र राप्रपाले विवादित मन्त्रीहरूको राजीनामा माग गर्दै सोमबारको सदन अवरोध गरेका छन्।
बैठक सुरु भए पछि सांसदहरूले उठेर विरोध जनाएका छन् । त्यसपछि एमाले सांसद गोकुल बास्कोटालाई सभामुख देवराज घिमिरेले बोल्न समय दिएका थिए।
बास्कोटाले आफूहरूले एउटै कुरा पटकपटक सदनमा उठाए पनि सरकारले जवाफ नदिएको भन्दै आक्रोश पोखेका थिए। ‘दिन बित्यो, रात बित्यो, हप्ता बित्यो । ६ गतेदेखि हामीले एउटै कुरा बारम्बार उठाइरहेको छौं’, उनले भने, ‘तर सरकारको कानमा कसैले रुवा हालिदियो कि के हो? यत्रो देशको जनप्रतिधिमूलक संस्थामाा प्रतिपक्षले उठाएको कुरा नजरअन्दाज गरिरहेको छ।’
सांसद बास्कोटोले विवादित मन्त्रीहरूबारे निर्णय लिन एमालेले दिएको अल्टिमेटम बारे सम्झाउँदै प्रधानमन्त्रीले आजै जवाफ दिनुपर्ने अडान राखेका थिए। उनले सार्वजनिक पदमा बसेका मन्त्रीले नैतिकताको फलाको हालेर हिँड्न नहुने भन्दै तुः राजीनामा दिन माग गरे।
‘बालकुमारी घटनाको बारेमा प्रधानमन्त्री स्वयंले बोल्नुभएको छ। अन्य कुरा पनि बोल्नुभएको छ। सुशासन, बेथिति अन्त्यबारे। सभामुखले पनि बारम्बार रुलिङ गर्नुभएको छ। तर सरकारले सुनेन’, उनले भने, ‘सार्वजनिक नेतृत्वले मन्त्रीहरूले विवादमा परेपछि राजीनामा दिनुपर्छ। पदमा बसेर नैतिकताको फलाको हालेर हिँड्न मिल्दैन।’
यस्तै रास्वपा सांसद रवि लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पनि विवादित मन्त्रीहरूले राजीनामा दिनुपर्ने अन्यथा सदन अवरुद्ध पार्ने चेतावनी दिएका थिए। प्रतिपक्षीहरूले उठेर विरोध जनाएपछि सदन १५ मिनेटका लाागि स्थगित भएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस