केपी ओली कपमा एनआरटी र थ्री स्टार भिड्दै

kp-oli-cup-football

तातोखबर, काठमाडौं / दोस्रो संस्करणको केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप प्रतियोगितामा आज दुई खेल हुँदैछन्।

बिहान साढे ११ बजेदेखि सुरु हुने पहिलो खेलमा न्युरोड टिम एनआरटी र थ्री स्टार भिड्नेछन्।

Advertisement:kp-oli-cup-football

दिउँसो ३ बजे हुने दोस्रो खेलमा त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबबीच प्रतिष्पर्धा हुनेछ। दुवै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछन् ।

फागुन ११ गतेदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक केपी ओली एफसीले विजयी सुरुआत गरेको थियो।

प्रतियोगितामा नेपालका ७ ए डिभिजन, २ विदेशी र १ आयोजक गरी १० वटा टिम सहभागी छन्। जावलाखेल युथ क्लब, न्युरोड टिम एनआरटी, थ्रीस्टार, नेपाल पुलिस, त्रिभुवन आर्मी, चर्च ब्वाइज युनाइटेड, मच्छिन्द्र क्लब, दुई विदेशी क्लबमा दिल्ली एफसी, पश्चिम बंगाल क्लब र आयोजक केपी एफसी क्लबले सहभागिता जनाएका हुन्।

प्रतियोगिताको विजेता टोलीलाई ११ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application