सोनाम ल्होछार विशेष साँस्कृतिक कार्यक्रम

हेटौंडा- बकैया गाउंपालिकाको वडा नम्बर ८ बिरेफाँटमा तामाङहरुको धार्मिक तथा साँस्कृतिक महान चाड सोनाम ल्होछार विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार मन्जुश्री सम्वत् २८६० सोनाम ल्होछार (डुक ल्हो / ड्राइगन वर्ष) को अवसरमा साँस्कृतिक कार्यक्रम आयोजना गर्दै ल्होछार मनाएको हो।
कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारले आफ्नो प्रस्तुति दिए ।
कार्यक्रममा बकैया ८ नम्बर वडा भित्रको विद्यालयमा अध्ययन गरि ८ कक्षा र एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई स्टेसनरी सामाग्री तथा सम्मान पत्रसहित सम्मान गरिएको आयोजक संस्था नेपाल तामाङ घेदुङ बकैया ८ नम्बर वडा इकाई समिति अध्यक्ष संजय कुमार लोप्चनले जानकारी दिए। उनका अनुसार कार्यक्रममा २ हजार बढी सहभागी थिए।
नेपाल तामाङ घेदुङ बकैया ८ इकाई समिति अध्यक्ष लोप्चनको सभाध्यक्षता रहेको उक्त कार्यक्रममा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुर अध्यक्ष कालू घलानको प्रमुख आतिथ्यता थियो।
त्यस्तै, नेपाल तामाङ घेदुङ बागमती प्रदेश सदस्य ठुली माया मोक्तानको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा नेपाल तामाङ घेदुङ बकैया गाउँपालिका अध्यक्ष लक्ष्मी लोप्चन जिम्बा, बकैया ८ नम्बर वडा अध्यक्ष बिष्णु नेगी, बकैया १० नम्बर वडाध्यक्ष कमला वाईबा, बकैया ९ नम्बर वडाध्यक्ष टंकध्वज लोप्चन, बकैया गा.पा कार्यपालिका सदस्यहरु क्रमशः लक्ष्मी माझी कृपा, दिप कुमारी बि.क., राजकुमारी भोम्जन र बकैया ८ नम्बर वडा सदस्य जरिमाया वाईबा लगायतको आतिथ्यता थियो।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस