प्रधानमन्त्रीद्वारा मधेशका दुई जिल्ला जोड्ने पक्की पुलको शिलान्यास

prachand-bridge-inauguration-janakpur

तातोखबर, जनकपुर / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सिरहा र धनुषा जोड्ने पक्की पुलको शिलान्यास गरेका छन्। प्रधानमन्त्रीले धनुषाको सबैला नगरपालिका–४ र सिरहाको कल्याणपुर नगरपालिका–५ जोड्ने पुलको आज शिलान्यास गरेका हुन्।

सचिवालयका अनुसार  एक अर्ब ११ करोडभन्दा बढी लगानीमा निर्माण हुने पुलको लम्बाइ ६ सय मिटर लामो हुनेछ। ‘डबल लेन’रहेको यो पुल निर्माणपछि दुवै जिल्लाका जनतालाई आवागमनका साथै यातायातका साधन सञ्चालन गर्न सहज हुनेछ।

Advertisement:prachand-bridge-inauguration-janakpur

यसअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले कमला नदीमा निर्माण भएको झोलुङ्गे पुलको उद्घाटन गरेका छन्। सिरहा नगरपालिका–१३ मल्हनिया र जनकनन्दिनी गाउँपालिका–६ कठाल जोड्ने कठाल–मल्हनिया–मल्टिस्पान यस पुलको लम्बाइ एक हजार पाँच सय दशमलव ४४ मिटर रहेको छ। यो नेपालकै सबैभन्दा लामो पुल पनि हो। उक्त झोलुङ्गे पुलको प्रधानमन्त्रीले आज उद्घाटन गरेका छन्।

करिब २८ करोड ८५ लाखको लागतमा निर्माण भएको पुलको भारवहन क्षमता पाँच सय ४० मेट्रिक टन छ। चार फिट चौडा पुलबाट सर्वसाधारण, चौपाया, साइकल र मोटरसाइकल सहजै सञ्चालन गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस् :