वडाले ठेला हटाएपछि व्यवसायी धर्नामा

हेटौंडा – हेटौंडा उपमहानगरपालिका १० नम्बर वडाले वसपार्क वरिपरि रहेको फलफुल ठेला हटाएपछि व्यवसायी धर्नामा बसेका छन् ।फागुन ४ गते सुचना जारी गर्दै वडाले ठेला हटाएपछि समाजवादी स्वरोजगार ठेला व्यवसायी संघ मकवानपुरद्वारा ठेला व्यवसायीहरुको ठेला यथा स्थानमा व्यवस्थापनका लागि ८ गतेबाट व्यवसायीहरु वडा अगाडि धर्नामा बसेका हुन् ।

व्यवसायीहरुले व्यापार गर्दै आएको स्थानमा व्यापार गर्न पाउनु पर्ने अथवा विकल्पमा कर कार्यालय अगाडि, नेपाल टेलिकम अगाडि, भण्डारी मेडिकल अगाडि यी व्यापार हुने स्थान मध्ये एक स्थानमा व्यापार गर्न पाउनु पर्ने माग राख्दै धर्ना बसेका छन् । माग पूरा नभए सम्म धर्ना बसिरहने व्यवसायीहरुको भनाइ छ। वडाले विकल्पमा कर कार्यालय अगाडि र हङकङ बजार अगाडि व्यापार गर्न स्थान दिएको र व्यापारनै नहुने स्थानमा लगेर व्यापार गर्न भने पछि धर्नामा बसेको व्यवसायीहरु बताउछन् ।

Advertisement:

करिव ९ वर्ष देखि व्यवसाय गर्दै आएको स्थानबाट अहिले एक्कासी हटाउन खोजेको व्यवसायी मन्जु पौडेल बताउछिन् ।वसपार्कमै ठेलामा व्यापार गरेर ५ जनाको परिवार पालिरहेकी पौडेल भन्छिन् ” अब मेरो घरमा आयस्रोत केही छैन मलाई चुलो बाल्न पनि धौधौ पर्ने अवस्थामा पुर्यायो वडाले।”मन्जु पौडेलको जस्तै अवस्था अरु व्यवसायीको पनि रहेको गुनासो गर्छन् ।

माघ ४ गतेबाट वडाले मौखिक रुपमा ठेला हटाउन भनेकोमा नहटाए पछि फागुन ४ गते सुचना जारी गर्दै वडाले ठेला नै जफत गरेको थियो।

१० नम्बर वडाले सूचना जारी गर्दै बुद्धचोक देखि भुटनदेवी मन्दिर जाने चोकदेखि सोलिड्यारिटी चोक सम्म, सोलिड्यारिटी चोकदेखी वाइपास,वासुदेवमार्ग हुँदै बुद्धचोक सम्म र बुद्धचोक देखि नवलपुर जाने ट्याम्पु पार्क, हङकङ बजार,निर्माणधिक घण्टाघर कर कार्यालय वरिपरि र राप्ती पुल सम्म ठेलामा व्यापार गर्न नपाउने सूचनामा उल्लेख गरेको थियो।

१० नम्बर वडाको विभिन्न स्थानका सडकपेटी तथा सार्वजनिक स्थलहरुमा व्यापार व्यवसाय गर्ने उद्देश्यले अव्यवस्थित रुपमा राखिएको ठेला तथा अन्य सामाग्रीहरुको व्यापारिक कारणले सडकपेटी आवतजावत गर्न समस्या बढ्दै गएकोले हेटौंडा उपमहानगरपालिकालाई सफा हेटौंडा, स्वस्थ हेटौंडा बनाउने उद्देश्यले ठेला हटाइएको १० नम्बर वडा अध्यक्ष फुर्वा दोर्जे लामाको भनाइ छ। तत्काललाई कर कार्यालय अगाडि र हङकङ बजार अगाडी ठेला राखी व्यापार गर्न स्थान दिइएको र केही समयमा उचित व्यवस्था गरिने अध्यक्ष लामाले बताए।

३५ जनाले करिब ९ वर्ष देखि त्यस स्थानमा ठेलामा फलफुल व्यापार गर्दै आएका व्यवसायी बताउछन् ।ठेला व्यवसायीहरु मध्ये २० जना अहिले धर्नामा वडा अगाडि उत्रिएका छन् माग पूरा नभएसम्म धर्ना बसिरहने उनिहरुको भनाइ छ।

प्रदेशसञ्चारबाट

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application