विधायन सम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित

तातोखबर, काठमाडौँ / विधायन सम्बन्धी विधेयक, २०८० राष्ट्रियसभाबाट पारित भएको छ।
शुक्रवार बसेको राष्ट्रियसभाको बैठकले विधायन सम्बन्धी विधेयक, २०८० सर्वसम्मतिले पारित गरेको छ। बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधायन सम्बन्धी विधेयक, २०८० पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका हुन्।
कानूनमन्त्रीको प्रस्तावपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभामा निर्णयार्थ प्रस्तुत गरेका थिए। सबै सांसदले विधेयकमा सहमति जनाएसँगै अध्यक्ष तिमिल्सिनाले विधायन सम्बन्धी विधेयक, २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव पारित भएको घोषणा गरेका हुन्।
राष्ट्रियसभाको आगामी बैठक फागुन १४ गते सोमवार ११ बजे बस्नेछ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस