नेपाली कांग्रेस महासमिति बैठकमा पहिचानको कुरो

तातोखबर, ललितपुर / नेपाली कांग्रेस महासमिति बैठकमा पार्टीका कोशी प्रदेशका जिल्ला सभापतिहरुले कोशी प्रदेशमा भएको पहिचानको आन्दोलनको विषय उठाएका छन्।
कांग्रेस धनकुटाका सभापति दिनेश राईले कोशीमा प्रदेशको नामकरण विषय पेचिलो बनिरहँदा कांग्रेस नेतृत्वले चासो नदिएको भन्दै आक्रोश व्यक्त गरे।
“हामीले कोशीमा खुलेर राजनीतिक गतिविधि गर्न सकिरहेका छैनौँ। कार्यक्रमसमेत गर्न सकिएको छैन”, उनले भने।
कोशीको पहिचानको विषयमा महासमिति बैठकले कुनै निर्णय दिन नसके पार्टीका १४ जिल्लाका सभापति मिलेर समाधानको उपाय खोज्ने सभापति राईको भनाइ थियो।
कांग्रेस सुनसरीका सभापति केदार भण्डारीले गठबन्धनको विषय उठाए।
“आफ्नो मान्छे परे गठबन्धन ठीक नपरे बेठीक भन्ने परिपाटीको अन्त्य कहिले हुन्छ?”, उनले प्रश्न गरे। कोशीमा कांग्रेसले गठबन्धन गर्दा पार्टीलाई के घाटा भयो भन्दै नेतृत्वलाई प्रश्न गरे।
कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूले महासमिति बैठकको निर्णय पार्टीको केन्द्रीय समितिले उल्टाउन नपाउने बताए। पार्टीको क्रियाशील सदस्यता वितरण गर्ने अधिकार जिल्ला नेतृत्वलाई दिनुपर्ने उनको माग थियो।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस