एमाले केन्द्रिय कमिटी बैठकमा पार्टी शुद्धीकरण तथा सुदृढीकरण सम्बन्धी कार्ययोजना पेस
![](https://www.tatokhabar.com/wp-content/uploads/2023/11/uml-kendriya-office-e1634957253844.jpg)
तातोखबर, काठमाडौं / नेकपा एमालेको केन्द्रिय कमिटी बैठकमा विभिन्न कार्ययोजनाहरू प्रस्तुत भएका छन् । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिका विषयमा समीक्षासहितको राजनीतिक विश्लेषण प्रस्तुत गरेका छन् ।
त्यस्तै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी वैशाखदेखि सञ्चालन हुने पार्टीको शुद्धीकरण तथा सुदृढीकरण सम्बन्धी कार्ययोजना पेस गरेका छन् । उपाध्यक्ष विष्णु पौडेलले पार्टी निर्माणका सन्दर्भमा देखिएका समस्याहरूलाई हल गर्ने र समायानुकूल पार्टी निर्माण गर्ने विषयमा तथा महासचिव शंकर पोखरेलले पार्टीको संगठनात्मक कामको समीक्षाको विषयमा कार्ययोजना पेस गरेका छन् ।
बैठकमा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले अहिलेका जनसरोकार र जनदबाबको कार्यक्रमको खाका प्रस्तुत गरेको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनले खाकासम्बन्धी प्रस्तुत गरिएका कार्ययोजना र प्रस्तावहरूमाथि छलफल गर्न केन्द्रीय कमिटीको टिमलाई नौ वटा समूहमा विभाजन गरिएको बताए ।
पार्टी स्थायी कमिटीको एउटा समूह, सात प्रदेशका सात समूह र बाँकी एउटा समूह उपत्यका विशेष समन्वय कमिटी, सम्पर्क समन्वय कमिटी र जनसंगठन, विभागहरू रहेको उनले बताए । उनले छलफलपछि आएका निष्कर्षलाई केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरी नेतृत्वले त्यसलाई सम्बोधन गर्ने र बिहीबार केन्द्रीय कमिटीको बैठकमा व्यवस्थित गर्दै अघि बढ्ने बताए ।
![](https://www.tatokhabar.com/wp-content/uploads/2023/10/daju-bhai-ad-1.gif)
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
वीर अस्पतालमा गत वर्ष २४ वटा मात्रै मिर्गौला प्रत्यारोपण
-
२.
थ्रेस होल्ड बढाउने र साना पार्टी सखाप पार्ने षड्यन्त्र भइरहेको छ : प्रचण्ड
-
३.
बागमती प्रदेशमा भागबण्डा मिलाउन मन्त्रालय बढाएर मन्त्रिपरिषद् विस्तार
-
४.
अमेरिकामा विमान दुर्घटना हुँदा १० एकडको जंगलमा आगलागी, मृतकको संख्या अज्ञात
-
५.
विमान दुर्घटना : थप ६ जनाको शव आफन्तलाई बुझाउने तयारी